७ सय १४ जनालाई कोभिडशिल्ड खोप

तनहुँ संवादाता ।
स्वास्थ्य कार्यालय तनहुँले शनिबारसम्म ७ सय १४ जनालाई कोभिड विरुद्धको खोप लगाएको छ ।

कार्यालयले बुधबारदेखि सरसफाइकर्मी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार कोभिड विरुद्धको खोप लगाउनेमा ५ सय १८ महिला र एक सय ९६ पुरुष रहेका छन् ।

सरकारले पहिलो प्राथमिकतामा राखेको सरसफाइकर्मी, स्वास्थ्यकर्मी र महिला स्वयंसेविकालाई कोभिड खोप लगाएको हो ।

तनहुँमा एक हजार छ सय ७९ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...