४४ किलोमिटरको चौथो अल्ट्रा म्याराथन सुरु, पुर्व अर्थमन्त्री महतले गरे उद्घाटन

तनहुँ । ब्यास नगरपालिकाले आयोजना गरेको मानहुँकोटदेखि पुलिम¥याङसम्मको ४४ किलोमिटरको चौथो अल्टा म्याराथन सुरु भएको छ । सहीद दिवसको अवसर पारेर आयोजना गरिएको म्याराथन प्रतियोगिताको शुक्रबार पुर्व अर्थमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरेका थिए । उनले सहीदहरुलाई सम्झिदै उनीहरुको सपना साकार पार्नुपर्ने बताए । ‘मानहुँकोट पर्यटकीय ठाउँ भएकाले यहाँको विकासमा जोड दिनुपर्छ, पछिल्लो समय यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ, यो ठाउँ रमणीय मात्र नभई सरदार यदुनाथ खनालको जन्मगाउँ पनि रहेछ । त्यसैले यो ऐतिहासिक ठाउँ भएकाले पनि प्रवद्र्धन गर्न आवश्यक छ ।’ उनले भने ।

विविधतायुक्त गाउँसहर समृद्ध ब्यास नगर भन्ने व्यास नगरपालिकाको दिर्घकालीन सोंचलाई पुर्णता दिने अभियान अन्तर्गत ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, ब्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ ब्यास नगरपालिकाले म्याराथन प्रतियोगिता गरेको हो । मेयर बैकुण्ठ न्यौपानेले मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले वर्सैपिच्छे अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको बताए ।

मानहुँकोटदेखि पुलिम¥याङसम्मको ४४ किलोमिटरको दुरी पार गर्ने प्रथम धावकले ८५ हजार ७७ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दित्तीय र तृत्तीय हुने धावकले ६५ हजार ७७ र ५५ हजार ७७ रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा १ सय ८० जना धावकको सहभागिता रहेको ब्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...