कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएका ७ जनालाई असर देखियो

सुर्खेत । कोरोना भाइरसविरुद्धको खोप लगाएका कर्णाली प्रदेशका ७ जनालाई असर देखिएको छ ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार उक्त प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाएका १ जना गम्भीर छन् भने अन्य ६ जनालाई सामान्य असर देखिएको छ । उक्त प्रदेशमा प्रदेश अस्पताल सुर्खेत केन्द्रमा २ सय ९८ जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइएको थियो । गम्भीर असर देखिनेमा निर्देशनालयकै १ जना कर्मचारी रहेका छन् ।

उनलाई खोप लगाएको आधा घण्टामा नै टाउको दुख्ने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, शरीरमा डाबर आउने जस्ता समस्या देखिएको निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिएका छन् । निर्देशनालयलका अनुसार सामान्य औषधीको प्रयोग तथा आराम गरेपछि अहिले उनको अवस्था सामान्य भइसकेको छ ।

सोही अस्पतालमा नै कोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये ४ जना, डोल्पा अस्पतालमा खोप लगाएकामध्ये २ जना तथा मेहेलकुना अस्पताल सुर्खेतमा १ जनालाई सामान्य असर देखिएको छ । उनीहरु सबै जनामा भाइरसविरुद्धको खोप लगाएको केही समयमा नै रिंगटा लाग्ने, टाउकोे दुख्ने जस्ता समस्या देखिएको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि सामान्य असर देखिन सक्ने भएकाले नडराउन तथा नआत्तिन समेत निर्देशनालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...