इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बिहान १० बजे बाँडफाँड हुँदैछ ।

प्रबन्धक एनआईबीएल एस क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाँड हुन लागेको जनाएको छ ।

बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

बाँकी ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ ।

कमेन्टहरु
Loading...