लमजुङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङको अध्यक्षमा श्रीकृष्ण लामिछाने चयन भएका छन् । महासंघको १६ औं साधरणसभा तथा ८ औं जिल्ला अधिवेशनबाट लामिछाने अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा विकास श्रेष्ठ, उपाध्यक्षमा भरत विष्ट, महासचिवमा बेदराज खनिया, कोषाध्यक्षमा शंकर बस्नेत सम्र्वसम्मत चयन भएका छन् । खुल्ला महिला सदस्यमा अनिता बोहोरा घिमिरे, सदस्यहरुमा यज्ञनारायण श्रेष्ठ, कृष्ण नेपाली, सारधा खनिया, शोभा पन्थी, प्रकाश थापा, ऋषिराम बस्नेत, पूर्णबहादुर तामाङ, दिलबहादुर अर्जेल, सिजनकुमार श्रेष्ठ र युवराज पौडेल रहेका छन् । यस्तै, केन्द्रीय प्रतिनिधिमा रामकुमार श्रेष्ठ, प्रेमलाल श्रेष्ठ र अनुपमा पुन चयन भएका छन् । यस्तै, महिला उद्यमी विकास समितीको अध्यक्षमा कल्पना थापा बोहोरा चयन भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा इन्दु न्यौपाने, महासचिवमा अस्मिता पौडेल, कोषाध्यक्षमा सिता सुनार सर्वसम्मत रुपमा भएका छन् ।
सदस्यहरुमा रेश्मा थापा, बिनु विक, रेशमाया थापामगर, प्रविना विक रहेका छन् । समितिको एक उपाध्यक्ष र ४ जना सदस्य सहित ५ जना मनोनित गर्न बाँकी रहेको महासंघले जनाएको छ । ३ जना केन्द्रिय प्रतिनिधि चयन गर्न बाँकी रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ लमजुङ मध्यनेपाल नगरपालिकाको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा सिताराम रानाभाट, उपाध्यक्षमा अनिलकुमार रानाभाट, सचिवमा सरोज पौडेल, कोषाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ भएका छन् ।
वस्तुगत सदस्यमा प्रेमराज खड्का, सदस्यहरुमा केशराज अधिकारी, कृष्णकुमार श्रेष्ठ, श्यामप्रसाद गुरुङ, हिराकुमार श्रेष्ठ भएका छन् । महिलातर्फ लोककुमारी दुरा अध्यक्षमा चयन भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा रोशनी पौडेल, सचिवमा लक्ष्मी घिमिरे, कोषाध्यक्षमा धनसुब्बा गुरुङ चयन भएका छन् । सदस्यहरुमा मिना दुरा, इश्वरी श्रेष्ठ, शान्त भुजेल र पुष्प बानिया भण्डारी चयन भएका छन् । उपाध्यक्ष सहित ३ जना मनोनित गर्न बाँकी रहेको बताईएको छ । जिल्लामा रहेको अन्य ७ वटा पालिकामा भने निर्वाचन हुन बाँकी रहेको छ ।