भारत, पाकिस्तान लगायतका देशमा जान अमेरिकाद्वारा आफ्ना नागरिकलाई रोक

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरुलाई भारत सहित अफ्गानिस्तान, पाकिस्तान तथा बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको महामारी, आतंकवाद, साम्प्रदायिक हिंसाको अवस्था लगायतका अवस्थालाई मध्येनजर गर्दै ट्राभल एड्भाइजरी जारी गरेर अमेरिकाले उक्त देशमा यात्रा नर्गन आफ्ना नागरिकहरुलाई आग्रह गरेको हो । अमेरिकाले आतंकवादी संगठनहरु सक्रिय रहेको तथा समय–समयमा गोलाबारी हुने भएकाले समेत भारत तथा पाकिस्तानको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...