पोखराबाट २६ वर्षीय गोरे सम्पर्कवीहिन

गन्थन डेस्क

कास्कीको माछापुच्छ्रे गाउँपालिका खैमराङ घर भएका ‘गोरे’ भनिने इमेश तामाङ यही माघ ९ गतेदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।

२६ वर्षीय गोरे पोखरा महानगरपालिका वडा १४ मझेरीपाटनबाट बेपत्ता भएका हुन् । उनले कालो हुड र खैरो ट्रयाक लगाएका छन् भने उनको उचाई ५.८ रहेको छ ।

उनी डिप्रेशनको बिरामी रहेको र नियमित औषधि सेवन गरिरहेको जनाइएको छ ।

उनलाई कही कसैले देखे वा भेटे ९८४६२२६४८८ वा ९८१८८७९६२७ मा खबर गरिदिन परिवारजनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...