पोखरा । नयन वचत तथा ऋण सहकारी र मादी रुदी कृषी उत्पादक सहकारी संस्थाबीच एकता सम्पन्न भएको छ ।
एकता कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्यका अध्यक्ष बलराम ढकालले कोरोनाको प्रभावित क्षेत्र मध्य सहकारी रहेकाले अबका दिनमा सहकारी लाभांश भन्दापनि लाभ लिन तर्फ केन्द्रित हुनुपर्ने बताए ।
उनले एकीकरण भएपछि कृषिमा समेत जोड दिन सकेमा उत्पादनलाई लेखनाख उद्योग वाणिज्यसंग वजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा नं २६ का जनप्रतिनिधि रामकृष्ण जिसीले नयन वचत तथा ऋण सहकारीले पछिल्लो समय ठूलो फड्को मारेको भन्दैै मादी रूदीबीचको एकतापछि उचाई थपिएको बताए ।
उनले सञ्चालक समितिको काम प्रतिको लगाव नै सहकारीको प्रगती भएको भनाइ राखे ।
सहकारीको सम्पति १५करोड ३५ लाख ९४ हजार ४९५ रहेको शेयर रकम ४ करोड १४ लाख ७२ हजार १९४ रहेको छ ।
एकीकरणपछिको समितिमा नयनका ९ जना र मादीरुदीका २ जना गरि ११ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।
सहकारीको अध्यक्ष,उपाध्यक्ष, सचिव, कोषाध्यक्ष,सहसचिव क्रमश टिकाराम सापकोटा, कृष्णप्रसाद सुवेदी शिवहरि सुवेदी,अर्जुन प्रसाद सुवेदी, शोभामहन सुवेदी रहेका छन् ।
सदस्यहरूमा मेनका लामिछाने, सन्दिप सुवेदी, दामोदर सापकोटा, सन्तोष सुवेदी,आत्माराम अधिकारी, शिवराज अधिकारी चयन भए । लेखा संयोजक बुद्धिसागर पौडेल, सदस्य नवीन सुवेदी, शालिकराम तिवारी छन् ।
विशेष साधारण सभामा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत क्रमशः टिकाराम सापकोटा, शिवहरी सुवेदी र अर्जुन प्रसाद सुवेदीले गरेका थिए ।
एकीकरणपछि पनि नाम नयन वचत तथा ऋण सहकारी नै राखिएको छ । एकतापछि नयनको ९ सय ७८ जना र मादी रुदीका १ सय जना गरि १ हजार ७८ जना शेयर सदस्य भएका छन् ।