तनहुँ संवादाता ।
महिलाको पाठेघरको मुख क्यान्सर न्युनीकरणका लागि व्यास नगरपालिकाले छाब्दीमाःआयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जनाले सहभागीता जनाएका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा. सिर्जना शर्माको नेतृत्वमा संचालन गरिएको शिविरमा छाब्दी र आसपास क्षेत्रका महिलाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
‘पछिल्लो समय महिलाहरू उपचार गर्न समेत लजाउने, आफ्नो समस्या भन्न पुरूष चिकित्सकसँग डराउनेलगायतका समस्या देखिएकाले महिलाको सहजताका लागि महिला प्रसुति रोग विशेषज्ञको व्यवस्था मिलाइएको हो,’ उनले भने ।
ग्रामीण क्षेत्रका महिलाहरु अझैपनि उपचार गराउन लजाउने लगायतका समस्याले गर्दा महिलाहरुमा पाठेघरमा क्यान्सर हुने समस्या देखिएको हो ।
जसका कारण ज्यान नै जोखिममा पर्ने खतरा बढेको छ । समयसमयमा यस्ता खालका शिविर ग्रामीण क्षेत्रमासमेत गर्न सके त्यस क्षेत्रका महिलालाई सहयोग पुग्नेछ ।
शिविरको उद्घाटन गर्दे व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पाठेघरको मुखको क्यान्सरबारे सचेत हुनु पर्ने र उपचार गराउन यस्ताखालका शिविर प्रभावकारी हुने बताए .।