देवघाटमा शहिद सप्ताह सुरु

तनहुँ संवादाता ।

देवघाट गाउँपाालिकाको आयोजनामा तनहुँको देवघाटमा शहिद सप्ताह कार्यक्रम सुरु गरिएको छ ।

शनिबार गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्दै शहिद परिवारलाई राज्यले सम्मान गर्नुपर्ने बताएका छन् ।

उनले शहिदको सम्मान गर्न राज्य अझै पछि परेकाले शहिद परिवारलाई राज्यले विर्सन नहुने बताए । शनिबारबाट सुरु भएको शहिद सप्ताह १६ गते विभिन्न कार्यक्रम गरी समापन हुनेछ ।

सप्ताहको पहिलो दिन देवघाटमा झाँकी, रयाली, प्रभात फेरी, सास्कृतिक कार्यक्रम गरि मनाइएको छ । त्यस्तै धार्मीक क्षेत्रमा सरसफाइसमेत गरिएको प्रमुख प्रसासकीय अधिकृत नरहरी सापकोटाले बताए ।

‘देवघाटधामको प्रसिद्धी कायम राख्न वरपर क्षेत्रमा सरसफाइ गरिएको हो,’ उनले भने ।

दोस्रो दिन माघ ११ गते अन्तरसामुदायिक दोहोरीगित प्रतियोगिता, वित्तीय साक्षरता कार्यक्रम, स्थानीय तथा राष्टिय कलाकारको प्रस्तुती रहनेछ । शहिद सप्ताह कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका उपाध्यक्ष विमला थापा मगरले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...