मन्थ्ली मेडल गल्फको उपाधि बसन्त गौचनलाई

पोखरा, १३ पौष/मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा सम्पन्न मन्थ्ली मेडल गल्फको उपाधि बन्सत गौचनले जित्नुभएको छ ।
गौचनले ७४ अंकका साथ यस महिनाको मन्थ्ली मेडल जित्नु भएको हो भने ७५ अंक प्राप्त गर्दै पुरन श्रेष्ठ दोश्रो र ७८ अंकका साथमा क्याप्टेन डोलबहादुर गुरुङले तेश्रो स्थान हासिल गर्नुभएको मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिनुभयो ।

विजेता खेलाडीहरुलाई कर्णल एम बी बोहोराले पुरस्कार वितरण गर्नुभएको थियो । स्ट्रोक प्लेको आधारमा खेलाइएको प्रतियोगितामा १६ गल्फरको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...