‘जिल्ला अदालतका कर्मचारीले घुस मागे’ समाचारप्रति कास्की अदालतको ध्यानाकर्षण

गन्थन डेस्क

पोखराबाट सञ्चालन भइरहेको अनलाइन समाचार माध्यम गन्थन डटकममा प्रकाशित समाचारप्रति कास्की जिल्ला अदालतले ध्यानाकर्षण भएको जनाएको छ ।

गन्थनमा गत मंगलबार अदातलमा कार्यरत करारका कर्मचारीसँग सम्बन्धित समचार प्रकाशित भएको थियो । समाचारमा करारका कर्मचारीले पुनः नियुक्तिका लागि अदालत प्रशासनसमक्ष निवेदन दिए पनि त्यहाँ कार्यरत कर्मचारीले माग गरेको पैसा दिन नसक्दा नवीकरण हुन नसकेको जनाइएको छ ।

उक्त समाचार तथ्यहीन र कपोलकल्पित भएको भन्दै अदालतले विज्ञप्तीमार्फत ध्यानाकर्षण गरेको हो । अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा ‘पत्रकारिताको सामान्य सिद्धान्त पालना नगरी प्रकाशित समाचार तथ्यहीन, कपोलकल्पित, भ्रामक र खेदपूर्ण भएको बेहोरा जानकारी गराउँछु’ उल्लेख छ ।

त्यस्तै, विज्ञप्तीमा उल्लेख भए अनुसार उक्त ४ कर्मचारीको कार्यसम्पादनस्तर कमजोर भएको, अत्यन्त विवादित र अनुशासनहीन भएको कारण करार सेवा नवीकरण नभएको जनाइएको छ ।

‘सत्य, तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्नुहुन विभिन्न समाचार संस्थासँग आबद्ध सम्पूर्ण पत्रकार महोदयहरु, एवं नेपाल पत्रकार महासंघ र नेपाल प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराउँछु’ विज्ञप्तीमा उल्लेख छ ।

यस सम्बन्धी गन्थन ब्रोडकाष्टिङ मिडियाले ‘समाचार पूर्णतः तथ्यपरक भएको र पत्रकारिताको संहितालाई अनुशरण गर्दै थप समाचार पस्कँदै जाने’ धारणा राखेको छ ।

 

यस्ताे थियाे अदालतसम्बन्धी समाचार

जिल्ला अदालतका कर्मचारीले घुस मागेः पीडित

कमेन्टहरु
Loading...