कालिमर्याङ र भुजिकोटलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ: केन्द्रीय सदस्य पौडेल

तनहुँ संवादाता ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कालिमर्याङ र भुजिकोटलाई पर्यटकीय क्षेत्र बनाउनुपर्ने बताएका छन् ।

उनले पोखरा आएका पर्यटकलाई यस ठाउँमा ल्याउन सके स्थानीयको आर्थिकस्तर बढाउन सकिने बताए ।

बुधबार तनहुँको शुक्लागण्डकीमा आयोजित माघे सक्रान्ति कप पुरुष भलिवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नेता पौडेलले कला र संस्कृतिको धनी यो ठाउँ भएकाले यहाँको विकासका लागि पर्यटन क्षेत्र उपयुक्त छ, होमस्टेको माध्यमबाट पनि स्थानीयको आर्थिक स्तर उकास्न सहयोग पुग्ने बताए ।

‘पछिल्लो समय युवापिँढी रोजगारीको लागि वैदेशिनुपर्ने बाध्यता छ, उनीहरुले स्वदेशमै व्यवसाय गरे यहीँ नै आम्दानी गर्न सकिन्छ । अहिले युवापीँढी समय खेर फालेर हिँड्ने होइन । व्यवसाय गर्ने हो, आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्छ । त्यसको लागि व्यवसाय गर्नुपर्छ । अहिले पर्यटनको पनि संभावना छ त्यसैले गाउँमा होमस्टे संचालन गरेर पनि आम्दानी बढाउन सकिन्छ,’ उनले भने ।

युवापिँढी विदेशिनु भन्दा स्वदेशमै कृषि गरे आम्दानीको स्रोत बढ्ने उनले बताए ।

कमेन्टहरु
Loading...