ब्यासमा माघ १६ गते अल्ट्रा म्याराथन हुने

तनहुँ । ब्यास नगरपालिकाले माघ १६ गते चौंथो ब्यास नगर अल्ट्रा म्याराथन गर्ने भएको छ ।

विविधतायुक्त गाउँसहर समृद्ध ब्यास नगर भन्ने ब्यास नगरपालिकाको दिर्घकालीन सोचलाई पुर्णता दिने अभियान अन्तर्गत ‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, ब्यास नगरपालिकाको अभियान’ भन्ने मुल नाराका साथ म्याराथन प्रतियोगिता गर्न लागिएको हो ।

मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले वष्र्नैपिच्छे अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन् । ‘खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वासका साथ म्याराथन गर्न लागिएको हो ।’ उनले भने ।

म्याराथन प्रतियोगिता मानहुँकोटदेखि पुलिम¥याङसम्म ४४ किलोमिटरको दुरी रहनेछ । प्रतियोगितामा प्रथम हुने विजेताले ८५ हजार ७७ नगदसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै दित्तीय र तृतीय हुने धावकले ६५ हजार ७७ र ५५ हजार ७७ सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने ५ जनालाई १६ हजार ७७ का दरले प्रदान गर्ने ब्यास नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता पर्यटकीय नगरी मानहुँकोटबाट सुरु भई सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, भोर्लेटारचोक, ब्यासमार्ग, बैरेनी, बर्लाची, सोतीबेसी हुँदै पुलिमराङको सहिद स्मारक पार्कमा पुगेर समापन हुनेछ ।

कमेन्टहरु
Loading...