भारतमा कोरोनाविरुद्धको खोप लगाएका २ जनाले ज्यान गुमाए, ७ जना अस्पताल भर्ना

एजेन्सी । भारत कोरोना भाइरसविरुद्धको खोप लगाएकामध्ये २ जनाको ज्यान गएको छ भने ५ सय ८० जनामा असर देखिएको छ ।

त्यस्तै खोप लगाएपश्चात् असर देखिन थालेसंगै ७ जना अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि भारतको उत्तर प्रदेश तथा कर्नाटकमा १/१ जनाको ज्यान गएको हो ।

उत्तर प्रदेशको मुरादावादमा खोप लगाएका १ जना व्यक्तिको भोलिपल्ट नै ज्यान गएको थियो । ५२ वर्षीय ती व्यक्तिको खोप लगाएको भोलिपल्ट ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै कर्नाटकमा समेत १ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाउनासाथ ज्यान गुमाएका छन् । ४३ वर्षीय उनको खोप प्रयोग गरेको केही क्षणमा नै ज्यान गएको हो ।

भारतमा कोरोनाविरुद्धको खोप अभियान केही दिन अगाडि सुरु भएको थियो ।

यो अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । अभियान अन्तरगत हालसम्म ३ लाख ८१ हजारभन्दा बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएकोमा ०.२ प्रतिशत व्यक्तिलाई असर देखिएको छ ।

कमेन्टहरु
Loading...