सुनको मुल्य ७ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै ७ सयले ओरालो लागेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सयमा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सयमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७ सयले घटेको छ । ९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३ सयमा कारोवार भएको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । १ हजार २ सय ६० मा शुक्रबार कारोवारर भएको चाँदी आज भने १ हजार २ सय ३० मा मूल्य निर्धारण भएको छ । रासस

कमेन्टहरु
Loading...