भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनालाई साइडइफेक्ट देखियो

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनालाई भारतमा साइडइफेक्ट देखिएको छ ।

साइडइफेक्ट देखिएका १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबारबाट कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु गरिएको भारतमा पहिलो चरणमा सफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खोप उपलब्ध गराइएको थियो ।

सो क्रममा २ जना स्वास्थ्यकर्मीहरुलाई भने खोप प्रयोग गरेको केही घण्टामा नै एलर्जी भएको बताइएको छ ।

नयाँ दिल्लीका ११ वटा जिल्लाका ८ हजार १ सय १७ जनालाई कोरोनाविरुद्ध खोप दिइएकोमा ४ हजार ३ सय १९ जना कर्मचारी रहेका थिए । जसमध्ये ५२ जनालाई साइढइफेक्ट देखिएको बताइएको छ ।

कमेन्टहरु
Loading...