देशलाई संवैधानिक संकटमा जानबाट रोक्नुपर्छ: केन्द्रिय सदस्य गोविन्द भटराई

तनहुँ संवादाता ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भटराईले देशलाई संबैधानिक संकटमा जानबाट रोक्नुपर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस व्यासनगर समितिले तनहुँको दमौलीमा वर्तमान सरकारको असंवैधानिक प्रतिगामी कदम विरुद्ध आयोजित नगरपालिका स्तरीय बिरोध सभालाई संम्बोधन गर्दै नेता भटराईले सो कुरा बताएका हुन् ।

उनले निर्वाचन लोकतन्त्रको प्राण भएकोले कांग्रेस निर्वाचनबाट नभाग्ने बताए ।

संसद विघटन बिषय सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा रहेकोले हचुवाको भरमा बोल्दै हिड्न नमिल्ने पनि उनले जिकीर गरे ।

अदालतले गर्ने फैसला भने कांग्रेसलाई स्वीकार्य हुने बताए ।

कम्युनिस्ट पार्टीका नेताहरुको पदको लोभका कारण अहिलेको स्थिती सिर्जना भएको उनले आरोप लगाए ।

निर्वाचन नहुने र संसद विघटन पनि पुर्नस्थापना नभए देश संवैधानिक संकटमा जान सक्ने भन्दै देशलाई खतराबाट रोक्नुपर्ने उनको भनाइ थियो ।

विरोध सभामा व्यास नगरपालिकाको १४ वटै वडाबाट नेपाली कांग्रैसका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसको पार्टीं कार्यालयबाट सुरु गरिएको र्यालीले दमौली बजारको परिक्रमा गरी खुल्ला मैदानमा पुगेर सभा गरेको थियो ।

कमेन्टहरु
Loading...