भारतले आज बिहान साढे १० बजेदेखि सर्वसाधारणालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थाल्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् ।
झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने तयारी भएको छ । पहिलो प्राथमिकतामा करिब ३० करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।
करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ ।
सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।