पेट्रोलको मुल्य तत्काल नबढाउने

पोखरा । माघ १ देखि पेट्रोलियम डिलरहरूले पेट्रोलियम पदार्थको खुद्रा मुल्य बढाउने निर्णयबाट व्यवसायी पछि हटेका छन् । यसअघि व्यवसायीले पेट्रोलियम पदार्थको कारोबारमा कमिशन वृद्धि नगरेको भन्दै उनीलहरूले आफुखुशी पेट्रोलियम पदार्थ लिटरमा ५० पैसा बढाउने चेतावनी दिएका थिए ।

व्यवसायीहरुको मागका सन्दर्भमा निगमले गृहकार्य थालेका कारण तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो ।यद्यपी माघ ७ गते केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय गर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले बताएको छ ।

लामो समयदेखि निगम तथा सरकारसँग निरन्तर संवाद र विभिन्‍न प्रकृया पछि पनि आश्वासन मात्र प्राप्त भएको उनीहरूको भनाइ छ । यसअघि माघ १ गतेसम्ममा पनि निर्णय भई लागु नभएमा एशोसिएशनले खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसा थप गरेर बिक्री वितरण गर्ने निर्णय गरेको थियो । पुस २१ मा उनीहरूले यस्तो चेतावनी दिएका थिए ।

कमेन्टहरु
Loading...