तनहुँ संवादाता ।
बन्दीपुर गाउँपालिकामा संसद्को जस्तै झल्को देखिएको छ ।
बुधबार भएको गाउँपालिकाको आठौ गाउँसभामा संसदकै जस्तो झल्को देखिएको हो । सभाहलको ठुलो कोठा, कोठाभित्रको अघिल्तिर तीन वटा कुर्सी अनि टेवल । टेवलमाथि गाउँसभा अध्यक्ष, उपाध्यक्ष र गाउँसभा सचिवको कुर्सी लेखेको बोर्ड ।
त्यसको ठीक अगाडि गाउँसभा सदस्यहरु । दायाँतर्फको छेउमा कर्मचारी र वायाँतर्फ पत्रकारको टोली । झट्ट हेर्दा संसद भवन भित्र छिरेजस्तो अनुभुति दिलाउने दृस्य । तर, यो दृश्य संसद भवनको नभई तनहुँको बन्दीपुर गाउँपालिकाले गरेको आठौ गाउँसभाको हो । बुधबार गाउँपालिकाले गरेको आठौ गाउँसभामा बन्दीपुरका जनताले संसदकै जस्तो झल्को पाएको अनुभुती गरे ।
गाउँसभा हलमा अध्यक्ष पुर्णसिंह थापा प्रवेश गर्ने वित्तिकंै राष्टिय धुन बज्यो सबैजना जुरुक्क उठे । त्यसपछि गाउँसभा अध्यक्ष लेखेको ठाउँमा अध्यक्ष पुर्णसिंह थापा गएर बसे । वायाँतर्फ उपाध्यक्ष करुणा गुरुङ बसिन् भने दायाँतर्फ गाउँसभा सचिव महेस सुवेदी बसे ।
जुन संसदकै झझल्को दिने खालको थियो । अध्यक्ष थापा प्रवेश गरेपछि संसद भवनमा झै गाउँसभामा पनि कामकारबाही सुरु गरी छलफल चल्यो । अध्यक्षले अन्य सदस्यहरुलाई आफ्ना भनाइहरु राख्न पालैपालो समय दिए । उनीहरुले पनि क्रमस विभिन्न विषयमा सबै सदस्यले आआफ्ना भनाइ राख्दै सभालाई निरन्तरता दिदै गए ।
विभिन्न विषयमा प्रस्तुत भएका विषयलाई गाउँपालिका अध्यक्ष थापाले सदस्यहरुलाई सार्वजनिक महत्वका विषयमा भनाइ राख्न दिएका थिए । विषयगत र विभिन्न विषयमा छलफल गरी अन्तमा गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिकामा संसदकै जस्तै अभ्यास भएको गाउँसभा सचिव महेस सुवेदीको भनाइ छ । गाउँगाउँमै सिंहदरबार आएको अनुभुति स्थानीयले महसुस गरेको उनले बताए ।
स्थानीय सरकार आएपछि जनताले सहज सेवा पाएको अध्यक्ष थापाको भनाइ छ । विकास निर्माणसँगै जनताले गाउँगाउँमै सहज ढंगबाट सेवा पाइरहेको उनले बताए ।
चारवटा विधेयकपारित
गाउँपालिकाको आठौं गाउँसभाले चारवटा विधेयक पारितगरेको छ । विनियोजन विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, बालबालिकाको अधिकार व्यवस्थित गर्ने सम्वन्धी विधेयक तथा सुसासन विधेयक पारीत गरिएको गाउँसभा अध्यक्ष पुर्णसिंह थापाले बताए ।