लमजुङ संवादाता ।
लमजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक समुहका गुणराज सिलवाल निर्वाचित भएका छन् ।
सिलवालले प्रगतीशिल समुहका प्रतिस्पर्धी श्रीकृष्ण लामिछानेलाई ३ सय १४ मतान्तरले पछि पार्दै जित हासिल गर्न सफल भएका हुन् ।
सिलवालले कुल १ हजार ३ सय ५९ मत पाए भने लामिछानेले १ हजार ४५ मत ल्याएका थिए ।
सिलवाल संघको १७ औँ अधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक पक्षका मृगेन्द्र घिमिरे निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिद्वन्दी विकास श्रेष्ठलाई १ सय ५९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । घिमिरेले कुल १ हजार २ सय ४९ मत पाएका छन् ।
संघको द्वितिय उपाध्यक्षमा लोकतान्त्रिक पक्षका भरत कुमार श्रेष्ठ विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्दी भरत बहादुर विष्टलाई ३ सय २२ मतको अन्तरले जित हासिल गरेका हुन् । श्रेष्ठले कुल १हजार ३ सय ३५ मत पाएका छन् ।
यस्तै संघको तृतीय उपाध्यक्षमा लोकतन्त्रप्रेमी युवा व्यवसायी कृष्णजंग गुरुङ अत्याधिक मतका साथ विजयी भएका छन् ।
गुरुङले निकटतम प्रतिद्वन्दी रविन विश्वकर्मालाई ४१८ मतले पछि पारेका छन् । गुरुङले कुल १ हजार ३ सय ८६ मत पाए ।
महिला सदस्यमा लोकतान्त्रिक समुहकै आईशा मिया र मनु पन्त विजयी भएका छन् । उनीहरुले क्रमशः १ हजार २ सय ८७ र १ हजार १ सय ९५ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्दी अनुपमा पुन र कल्पना थापाले क्रमशः १ हजार ५ र १ हजार ७८ मत ल्याएका छन् ।
यस्तै संघको खुला सदस्यहरु पनि सबै लोकतान्त्रिक पक्ष नै विजयी भएका छन् ।
खुला सदस्यमा उक्त समुहका शिवराम सिलवाल, सुरेशकुमार प्रधान र प्रदिप बस्नेतले उम्मेद्वारी दिएका थिए ।
उनीहरुले क्रमशः १ हजार २ सय ५२, १ हजार २ सय ८८ र १ हजार २ सय ७४ मत ल्याएका छन् ।
निकटतम प्रतिद्वन्दीहरु युवराज पौडेल, सुरजकुमार श्रेष्ठ र वेदराज खनियाले क्रमशः १ हजार ५३, ९ सय ६४ र ९ सय ७३ मत ल्याएका थिए ।
संघमा २ हजार ६ सय ८४ व्यवसायी आवद्ध भएपनि निर्वाचनमा भने कुल २ हजार ४ सय ६७ मत खसेको थियो ।
नवनिर्वाचित अध्यक्ष सिलवालले आगामी दिनमा व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आगामी कार्यकालका लागि शनिबार भएको निर्वाचनको मतगणना सोमबार राती सकिएको थियो ।
संघका निवर्तमान अध्यक्ष राजेश थापाले जिल्लामा लोकतन्त्र प्रेमीहरुको जित भएको बताए ।
यस्तै, संघको सात वटा इकाईमा पनि लोकतान्त्रिक पक्षका व्यवसायीको जित भएको छ ।
जिल्लाको बेसीशहर, उदीपुर, भोटेवडार, सुन्दरबजार, राईनास, दुईपिप्ले सोतिपसल र भोर्लेटार इकाईमा लोकतान्त्रिक समुहका सबै उम्मेद्वार विजयी भएका छन् ।
खुदी इकाइमा भने सहमतिका आधारमा नयाँ समिति चयन गरिएको छ ।
बेसीशहर इकाईमा बिपिन श्रेष्ठ, उदिपुरमा अमृत कुमार श्रेष्ठ, भोटेवडारमा मान कृष्ण आचार्य, सुन्दरबजारमा दण्ड बहादुर सुनार, राइनसमा आनन्द श्रेष्ठ, दुईपिप्ले सोतिपसलमा ऋषिराम पुरी र भोर्लेटारमा जाकिर हुसेन मिया रहेका छन् ।