सुनको मुल्य घट्ने क्रम जारी

काठमाडौं । तोलामा २ हजार ३ सयले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा ९१ हजार ७ सय तोकिएको छ । आइतबार तोलामा ९२ हजार ५ सयमा कारोवार भएको थियो । चाँदी तोलामा ४० ले घटेको छ । आइतबार १ हजार २ सय ७० मा कारोवार भएको चाँदी आज भने १ हजार २ सय ३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । रासस

कमेन्टहरु
Loading...