काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अंकले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला २ हजार ३ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला ९३ हजार छ ।
प्रतितोला ९५ हजार ३ सयमा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला २ हजार ३ सयले ओरालो लागेर ९३ हजार कायम भएकोछ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९२ हजार ५ सय तोकिएको छ । प्रतितोला ९४ हजार ८ सयमा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज २ हजार ३ सयले नै ओरालो लागेको हो ।
यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार १ हजार ३ सय ३० मा कारोवार भएको थियो । चाँदी तोलामा ६० ले घटेको हो । रासस