अब नेपालमा खेलिनेछ रग्बी, भंगेरीडाँडामा बन्दैछ रंगशाला

 

दिपक के श्रेष्ठ

१९ औं शताब्दीको सुरुवाततिर बेलायतबाट सुरु भएको रग्बी खेल दुनियाँभर पुगेको छ ।

फुटबलको शैलीमा तर हातले बल बोकेर खेलिने रग्बीमा दुबै टिमबाट १५–१५ खेलाडी मैदानमा उत्रिन्छन् । ओभल आकारको मैदानमा च्याप्टो बलको प्रयोग हुने यस खेलमा अंग्रेजी ‘एच’ आकारको गोल पोस्ट हुन्छ ।

खेलाडीको उचाई, बल र तौलले विशेष महत्व राख्ने रग्बी अब नेपालीहरुले पनि खेल्न पाउने भएका छन् । हालै सरकारले दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य सुरु गरेको छ ।

बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो ।

४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो ।

स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम संघले बताएको छ ।

सन् २०१२ मा नेपाल रग्बी संघको स्थापना भएको हो । संघले २०१८ मा एसिया रग्बी महासंघबाट सदस्यता प्राप्त गरेको हो भने हाल विश्व महासंघबाट पनि मान्यता पाइसकेको छ ।

कमेन्टहरु
Loading...