पोखरा । कास्की जिल्ला बडिबिल्डिङ एण्ड फिटनेस संघको प्रथम अधिवेशनबाट अध्यक्षमा राकेश जोशी निर्वाचित भएका छन् । जिल्ला खेलकुद विकास समिति कास्की कार्यालय प्रमुख प्रकाश बरालको उपस्थिीतमा सम्पन्न भएको पदाधिकारी चयन कार्यक्रममा अध्यक्षमा राकेश जोशी, उपाध्यक्ष प्रथममा शम्भु अधिकारी, उपाध्यक्ष द्रितियमा दिपक बास्तोला, सचिव पदमा नविन आले मगर, सहसचिवमा प्रकाश पौडेल,कोषाध्यक्षमा मनोज केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा मनोज केसी, भोलादिन मियाँ, सुभाष कडेल, दिया राना, अदिती गुरुङ, निरज तिवारी, गोकर्ण कार्की रहेका छन् । त्यस्तै कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजकुमार थापा र राष्ट्रिय प्रशिक्षक जीवन घिमिरेको उपस्थिति रहेको थियो ।
२०८२ पुष १३ गते आईतवार