मानवसेवा आश्रम लमजुङद्वारा ‘मेचीमहाकाली’ यात्राको टोलीलाई स्वागत

लमजुङ । मानवसेवा आश्रम लमजुङले सहयोगापेक्षी सडक आश्रित मावनको राष्ट्रिय उद्वार टोलीलाई लमजुङमा स्वागत गरेको छ । सडक मावनको उद्धारका निम्ति ‘मेची–महाकाली यात्राको’ टोलीलाई स्वागत गरेको हो । नेपाली कांग्रेस लमजुङ जिल्ला सभापति भेषबहादुर पौडेलले सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को टिमलाई लमजुङमा स्वागत गर्दै आश्रमको सेवा ब्यबस्थापनको लागि वार्षिक १ लाख अर्पण गर्ने घोषणा गरेका छन् ।

आश्रमले सोमबार मेची महाकाली यात्राको टोलीलाई स्वागत गर्दै आश्रमको आर्थिक वर्ष २०७६/०७७ को सामाजिक लेखा परिक्षण प्रगति प्रतिवेदन समेत सार्बजनिक गरेको छ । मानवसेवा आश्रम लमजुङका सयोजक अनिता अधिकारीले आश्रमको सामाजिक लेखापरिक्षण प्रगति प्रतिवेदन आव २०७६/०७७ मा गरेको वार्षिक प्रतिबेदन सँगै २५ लाख ६९ हजार ३६ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले मानवसेवा आश्रमको अभियानका कारण सडक आश्रितको व्यवस्थापनमा सहज हुने र शारीरिक मानसिक रुपले विक्षिप्त भएकाहरुको उद्धारकार्य मानव जीवनकै सर्वोत्तम कार्य भएको उल्लेख गरेका छन् ।

यस्तै बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले सडकमा जीवन बिताइरहेका बेसाहारा, असहाय अबदेखि नहुने र त्यसका लागि स्थानीय सरकार निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारले आगामी २०८२ भित्र सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएकाले यसलाई सफल पार्न सबैैले साथ दिनुपर्ने प्रजिअ कृष्ण प्रसाद शर्माले बताए । पुस ७ गतेदेखि सुुरु भएको मेची महाकाली अभियान अन्तर्गत आइतबार लमजुङ आइपुगेको टोलीले सोमबार जिल्लाको विभिन्न स्थानमा रहेका ४ जना सडक मानवको उद्धार गरेको छ ।

उद्धारका लागि सडक मानवको सेवामा निस्किएको टोलीले बेसीसहर बजारबाट २ जना, बेसीसहर न.पा १ चिप्लेटीबाट १ जना र सुन्दरबजार नगरपालिका वडा नं ९ भोटेओडारबाट १ जनाले उद्धार गरेको हो ।

उद्धार गरिएका ४ जना सहित हाल मानवसेवा आश्रम लमजुङमा ३१ जना सडकमानवले आश्रय लिइरहेका छन् ।

कमेन्टहरु
Loading...