माघ ४ देखि पृथ्वीनारायण क्याम्पसका कक्षा भौतिकरुपमा सञ्चालन हुने

गन्थन डेस्क

पृथ्वीनारायण क्याम्पस पोखराका सम्पूर्ण कक्षा आागमी माघदेखि भौतिकरुपमा सञ्चालन हुने भएको छ ।

कोभिडका कारण लामो समयदेखि कक्षा सञ्चालन हुन नसकेको र त्यसयता अनलाइन कक्षा सञ्चालन हुँदै आएपनि माघदेखि भौतिकरुपमै सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जनाएका छन् ।

आज क्याम्पसद्वारा जारी सूचनामा उक्त जानकारी दिइएको छ । त्रिभुवन विश्वविद्यालयको पत्र बमोजिम कक्षा सञ्चालनमा ल्याउन लागिएको हो । यसबीचमा अनलाइन कक्षाहरु भने जारी राखिने भएको छ ।

 

कमेन्टहरु
Loading...