लमजुङ संवादाता ।
लमजुङमा प्रहरीले अवैध काठ सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भोटेओडारद्धारा खटिएको प्रहरीको टोलीले आइतबार बेलुका करिब ९ बजे सुन्दरबजार नगरपालीका–९ पैरे स्थित मुरारी भुजेलले संञ्चालन गरी आएको फर्निचरमा राखेको ४२.९५ क्यूफिट सालको काठ अवैध रुपमा राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त काठ आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय सुन्दरबजारमा पठाईएको छ ।
त्यस्तै गत बुधवार बेसीशहर नगरपालीका–८ स्थित गोरखाको आरुघाट गाउँपालिका वडा नं.–२ बस्ने बर्षिया ३१ को बिक्रम गुरुङले चलाउँदै आएको ग.१.त ५५७४ नम्बरको ट्याक्टरमा अबैध रुपमा सिसौको काठ ५१.४१ क्युःफिट ओसारपसार गर्दै गरेको अबस्थामा फेला परी उक्त काठसहित ट्याक्टर चालकसँग सोधपुछ गर्ने क्रममा सोही घटनामा संलग्न रहेका लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं.–२ बस्ने २६ बर्षिया सुरेश सुनारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन बन कार्यालय लमजुङमा पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।