हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न

कास्कीको मादी गाउँपालिका-१२ लिपेयनी ग्रामीण भेकमा रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार लिपेयनीमा सम्पन्न भएको छ ।

संस्थाका गतिविधि तथा आगामी कार्यक्रमको समीक्षा गर्दै सल्लाहकार बृहस्पती अधिकारीले ग्रामीण भेकमा बामे सर्दै गरेको संस्थाले समग्र बिकास तथा कृषिमा आधुनिकता सुरु गर्दै गर्दा सम्पूर्ण किसान र स्थानिय बासिन्दा गोल्बन्द भई सकारात्मक सोचका साथ र सहयोग दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संस्थाका शिक्षा समिति संयोजक सत्यराज बराल र सल्लाहकार खेम बहादुर गुरुङले सस्थाले हालसम्म यो क्षेत्रमा उलेख्य काम गरेको भनाइ राखे ।

कार्यक्रममा सस्थाका अध्यक्ष कृष्ण राज दाहालले संस्थाको गतिबिधि र आगामी कार्यनिती तथा लेखा समिति संयोजक सन्तोष ढकाल र कोषाध्यक्ष लोककुमारी बरालले गत आ.ब ०७६/७७ को प्रतिबेदन तथा प्रस्तावित आ.ब ०७७/७८ को बजेट प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कृष्णराज दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णचन्द्र बरालले शुभकामना मन्तव्य दिएका थिए ।

१ सय ८२ जना शेयर सदस्य रहेको सस्थामा आगामी बर्ष ३ सय भन्दा बढी सेयर सद्स्य थप्ने र कृषिमा व्यवसायीकरण गर्दै लगानी बढाउने लक्ष्य रहेको छ ।

कोभिड १९ को सम्बन्धमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डमा रहेर आयोजित सो कार्यक्रम सस्थाका सचिव बिरेन्द्र पौडेलले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...