चेम्बर कास्कीको सप्ताहव्यापी रक्तदान समापन

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमा चेम्बरको सेन्टर युनिटले पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार भएको घुम्ती रक्तदानमा २० जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।

रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले पहिलो रक्तदाता समिता रोकालाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे ।

उनले निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताए । उनले उद्योगी व्यवसायीको हक हित र व्यवसाय प्रवद्र्धनमा काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५का अध्यक्ष धनबहादुर नेपाली, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, बस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपाली, महासचिव उमराज बास्तोला, सचिवालय सदस्य रवीबहादुर विक, जिल्ला सदस्य सांग्रिला मरासिनी, चेम्बर अफ कमर्स सेन्टर युनिटका अध्यक्ष बोधराज सुवेदी, उपाध्यक्ष डिलाराम लामिछाने, महासचिव उमापति ढकाल, सल्लाहकार तथा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य सन्तु सुवेदी,दक्षिणी चेम्बर अफ कमर्सका महासचिव गोकर्ण क्षेत्री, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...