छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए ।

उनले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको बताउँदै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको बताएका थिए । साथै विद्यालयले डेभिज फललाई संस्थागत गर्न नसक्दा स्वामित्वको विषयमा विवाद आएको बताएका थिए ।

प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना, लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा दाताराम सरस्वती स्मृति पुरस्कार अक्षयकोष छात्रावृत्ति कोषका दाता लक्ष्मण बास्तोला र विश्वामित्र स्मृति पुरस्कार अक्षयकोषदाता शिक्षक झरिमाया ढुंगानालाई सम्मान पत्र दोसल्ला र अबिरद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाको कार्यकारी सदस्य एवं विव्यस सदस्य राधिका योगी शाही, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गंगालाल सुवेदी, सल्लाहकार एवं पुर्व विव्यस अध्यक्ष खड्गबहादुर शाही, निवर्तमान प्रअ लक्ष्मण थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा, नेकपाका सुभाष ढुंगाना, नेपाली कांग्रेसका देवराज आचार्य, विद्यार्थी यामबहादुर रोकालगाएतले वोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्र.अ. खेमराज वराल (ध्रुव) र स१चालन सहायक प्र.अ.मेघनाथ पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...