ला लिगामा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ ।
बुधबार राति मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढे ।
लुका मोड्रिचले २०औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए ।
ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
रियल ३३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ईल्चे १६ अंक सहित १५औँ स्थानमा छ ।