जीप दुर्घटनामा १ जनाको ज्यान गयो

पर्वत । जलजला गाउँपालिका वडा नं ९ बनौंमा आज जीप दुर्घटना हुँदा १ जना युवतीको ज्यान गएको छ । दुर्घटनाका क्रममा घाइते भएकी जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो ।

कुश्मा–बनौं सडक खण्डअन्तर्गत ग २ च ६३७९ नंको जीप दुर्घटना हुँदा जीपमा सवार ३ जनामध्ये पुर्जाको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौं घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा गुडिरहेको जीप सडकबाट करिब २ सय मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ । रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको ज्यान गएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...