एजेन्सी । भारतमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । आज भारतको नयाँदिल्लीमा ८ जनालाई नयाँ प्रकारको कोरोना भाइरस देखिएको हो । संक्रमित ६ जनाको कोलकता, पुना तथा बैंगलोरमा रहेको प्रयोगशालामा परीक्षण गरिएको थियो ।
यस अगाडि हिजो भारतमा ६ जनालाई नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको त्यहाँको सरकारले जानकारी गराएको थियो । यससंगै त्यहाँ नयाँ कोरोना भाइरसबाट संक्रमण हुने संक्रमितहरुको संख्या २० पुगेको छ ।
भारतले संक्रमितहरुको संख्या अझै तीव्र गतिमा फैलिने आशंका गरेका छन् ।
अनुसन्धानका अनुसार नयाँ प्रकारको कोरोना भाइरस पुरानो कोरोना भाइरसभन्दा ७० प्रतिशत चांडै संक्रमित बनाउँछ ।
त्यसैले पनि महामारी थप बढ्ने हो कि भन्ने विषयले चिन्ता तथा त्रास बढाएको छ ।