आन्दोलित उखु किसानलाई ‘हाम्रो टिम’ले भाडा दिएर घर पठायो

 

दिपक के श्रेष्ठ

पोहोर साल उखुको भुक्तानी नपाएर आन्दोलन गर्न काठमाण्डौ पुगेका किसानले यसपालि पनि उस्तै समस्या भोगे ।

यसपटको पुसको ठिहीमा सर्लाहीबाट भुक्तानी माग्न उखु किसानको समूहले १७ दिनसम्म राजधानीमा आन्दोलन गरे । उनीहरु मंगलबार भुक्तानीको सट्टा आश्वासन लिएर घर फर्केका छन् ।

उनीहरुलाई राजधानी बस्दा हाम्रो टिम नेपालले यथाशक्य सहयोग ग¥यो । मंगलबार पाएको आश्वासनपछि घर फर्कन राजी भएका किसानलाई टिमले खाना, खाजा खुवाएर गाडी भाडासहित राजधानीबाट बिदाई गरेको छ ।

बिदाइ गर्दै टिमका उमेश बोहराले किसानलाई राज्यले दुख दिन बन्द गरोस् भन्दै तोकिएको मितिमा भुक्तानी दिन जोड दिए । ‘किसानहरु सँधै राजधानीमा आन्दोलन गर्न बाध्य हुने परिस्थितिको अन्त्य हुनुपर्छ’ बोहराले भने ।

स्मरणीय छ, आन्दोलनकै क्रममा उखु किसान नारायण राय यादवले मंगलबार ज्यान गुमाए । सरकारले २१ दिनभित्र किसानले पैसा पाउने आश्वासन दिएपछि उनीहरु घर फर्केका हुन् ।

टिमले यसअघि पनि कोरोना कहरको जोखिममा परेकाहरुले दैनिक भोजनको व्यवस्था गरेको थियो ।

कमेन्टहरु
Loading...