मुख्यमन्त्री गुरुङद्धारा ल्होसारकाे शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तमु समुदाय (गुरुङ) काे पर्व ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

ल्होसारको अवसरमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्वको शुभकामना व्यक्त गरेका छन् ।

‘सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेका छन् । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राखेकाे विश्वास लिएको छु ।’,शुभकामना सन्देशमा लेखिएको छ ।

गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ ले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ ।

कमेन्टहरु
Loading...