ओलीले चालेको स्वेच्छाचारी कदमका बिरुद्ध पर्वतमा युवा विद्यार्थीको मशाल जुलुस

पर्वत संवादाता ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका बिरुद्धमा पर्वतमा आक्रोशको ज्वाला बलेको छ ।

जनताले दिएको जनमतको सम्मान गरि प्रतिनिधिसभाको पूनःस्थापनाको माग गर्दै राष्ट्रिय युवा संघ नेपाल पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए ।

कुस्माको मैत्री चोकबाट शुरु भएको मसाल जुलुस लोकतन्त्र चोक, प्रगति चोक हुँदै शिवालय चोकमा गएर कोणसभामा गरिएको थियो ।

उनीहरुले प्रधानमन्त्रीका कमद विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

कोण सभामा बोल्दै अनेरास्वबियूका जिलल अध्यक्ष शर्माले असंवैधानिक र राष्ट्रघाती कमद नसच्याएसम्म आन्दोल जारी रहने र आन्दोलनको बलमा संसद पूनःस्थापना गराएर छाड्ने बताए ।

कार्यक्रममा अनेरास्वबियू पर्वतका पूर्व अध्यक्ष सुवासचन्द्र पौडेलले संबिधानको मर्म भावना र जनमतको अपमान हुने गरि चालेको कदम कुनैपनि हालतमा सह्य नहुने बताए ।

कार्यक्रममा युवा संघ पर्वतका अध्यक्ष बलराम नेपालीले ओलीका बिरद्ध शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

नेकपा कुस्मा नगर कमिटिका अध्यक्ष शंकर गिरीले आन्दोलनको बलबाट संसद पुनः स्थापना गरेर छाड्ने बताए ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओलीले चालेको संविधान विपरितको कदमका विरुद्ध देशैभरी विरोध प्रदर्शन भइरहेका छन् ।

यसैबीच नेकपा पर्वतले यहि पुस १४ गतेका लागि तय गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई व्यवस्थित र संयम ढंगले गर्ने गरि तयारी पुरा गरेको बताएको छ ।

बिरोध कार्यक्रमका लागि जिल्लाभरबाट कार्यकर्ताहरुलाई सदरमुकाम ल्याउने गरि तयारी थालेको पाटी सचिब सुदिप कुँवरले बताए ।

कमेन्टहरु
Loading...