काठमाडौं । काठमाडौंमा रहेको पठाओको कार्यालयमा तोडफोड भएको छ । आफूहले राखेको माग सम्बोधन नभएको भनदै पठाओका राइडरहरुले नै कार्यालयमा नाराबाजी तथा तोडफोड गरेका हुन् ।
पठाओको कम्पनीले राइडिङबापतको कमिसन लिएर पनि कामदारलाई मार्ने काम गरेको, कर्मचारीलाई कुनै किसिमको सुविधा नदिएको तथा कम्पनीले आफू खुसी निर्णय लिएको आरोप लगाउँदै राइडरहरुले कार्यालयमा तोडफोड तथा नाराबाजी गरेका हुन् ।
यता पठाओ कम्पनीले भने कम्पनीलाई केही राइडरले अनावश्यक बदनाम गर्न खोजेपछि निकालिएको बताएको छ । उनीहरु कम्पनीको नीति, नियम तथा अनुसाशनमा नबसेपछि निकालिएको कम्पनीले जनाएको हो । अहिले भइरहेको आन्दोलन पठाओको वास्तविक राइडरहरुले सुरु गरेको नभएर कम्पनीको विरोध गर्ने तथा उच्छृङ्खल व्यक्तिहरुको आन्दोलन भएको स्पष्ट पारेको छ ।