फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला

फ्रान्समा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

बेलायतबाट फ्रान्स फर्किएका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् ।

यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो ।

कमेन्टहरु
Loading...