७ वटै महादेशमा फैलियो कोरोना

एजेन्सी । हालसम्म कोरोना भाइरसको चपेटाबाट बंच्न सफल भएको तथा बरफले ढाकिएको अन्टार्टिका महादेशमा पनि यो भाइरस फैलिएको छ । चिली सेनाले दिएको जानकारी अनुसार उक्त महादेशमा रहेको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेसनमा रहेका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १० जना मर्मतसम्भार गर्ने कर्मचारी तथा अन्य २६ जना संनिक रहेको बताइएको छ ।

उक्त महादेशमा रहेको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेसनमा चिलीको टेलकुआनो सहरस्थित नौसेनाको अखडाबाट निस्किएको सरहेन्तो आल्दिया नाम गरेको जहाज २७ नोभेम्बरमा गएर १० डिसेम्बरमा फर्किएको थियो ।

सो जहाजका चालकदलमध्ये ३ जनालाई कोरोना भाइरस संक्रमण देखिएको थियो । यससंगै कोरोना भाइरस विश्वका ७ वटै महादेशमा फैलिएको पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...