लमजुङमा ओली समूहले माओवादी निकट पार्टी अध्यक्ष अधिकारीलाई थुने

केपी ओलीनिकट राष्ट्रिय युवा संघका कार्यकर्ताले लमजुङको नेकपाको पार्टी कार्यालय अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् ।

तत्कालीन नेकपा एमालेले बनाएको कार्यालयमा बसेर ओलीलाई असफल बनाउन खोजेको भन्दै उनीहरुले ताला लगाएका हुन् ।

ताला लगाएपछि नेकपाकी जिल्ला अध्यक्ष मधुमाया अधिकारी दुई घन्टासम्म कार्यकक्षमा थुनिएकी थिइन् ।

नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेतृ मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो ।

ओली निकट युवा र विद्यार्थीले ओलीको समर्थन गरेका र्याली निकालेका थिए ।

कमेन्टहरु
Loading...