मेस्सीले बनाए पेलेको बराबारी रेकर्ड

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा रेकर्ड बराबरी गरेका छन् ।

सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोनाबाट ६४३ गोल गरेका छन् ।

सर्वाधिक धेरै गोल गर्ने पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै कीर्तिमान बनाएका थिए ।

शनिबार भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गर्दै पेलेको कीर्तिमान बराबर गरेका हुन् ।

कमेन्टहरु
Loading...