इटालीमा क्रिसमस तथा नयाँ वर्षलाई मध्यनजर गर्दै लकडाउन घोषणा

एजेन्सी । इटालीमा क्रिसमस तथा नयाँ वर्षलाई मध्यनजर गर्दै लकडाउन घोषणा भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्रिसमस तथा नयाँ वर्षको समयमा इटालीमा लकडाउन घोषणा गरिएको हो ।

लकडाउनका समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् ।

त्यहाँका नागरिकहरुले मात्र काम गर्न, आपकालीन भ्रमण तथा स्वास्थ्य सेवा लिन अनुमति दिएने भएको छ । यी बाहेक इटालीमा अत्यावश्यक बाहेकका पसल, बार तथा रेस्टुरेन्ट लगायतका सेवा बन्द हुने छ ।

क्रिसमस तथा नयाँ वर्ष मनाउन मानिसहरु घर बाहिर निस्कने र कोरोना भाइरस संक्रमणको दर झन् वृद्धि हुने सम्भावना रहेको भन्दै लकडाउनको घोषणा गरिएको प्रधानमन्त्री जेसेप कोन्टेले बताएका छन् ।

कमेन्टहरु
Loading...