अफगानिस्तानमा बम बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् ।
पूर्वी प्रान्त गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन ।
रिक्साको पछाडि बम बिस्फोट भएको हो । तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको बताएका छन् । तालिबान बिद्रोहीले दुर्घटनाबस बिस्फोट भएको बताएको छ ।