अमेरिकामा कोरोना संक्रमणपछि पछिल्लो २४ घण्टामा थप ३ हजार २७७ जनाको मृत्यु भएको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १७ हजार ९२८ पुगेको छ ।
१ करोड ७६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ९८२ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ७६ लाख २६ हजार ७७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख ९१ हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।