रोबर्ट लेवाण्डीस्कीले फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।
विश्व फुटबलका चर्चित दुई खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै बायर्नका लागि उत्कृष्ट प्रदर्शन गरेका पोलिस फरवार्ड लेवाण्डीस्कीले उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।
लेवाण्डीस्कीले बार्यनका लागि सबैभन्दा धेरै गोलसमेत गरेका थिए ।