कोरोना संक्रमण भएको आशंकामा अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टीन बस्दै

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टीनमा बस्न लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उनीलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्नटीनमा बस्न लागेको बताइएको छ ।

 

उनी कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टीनमा बस्ने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उनको तत्काल गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टीनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

कमेन्टहरु
Loading...