चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोला मात्रै

काठमाडौं । बिहीबार बिहान काठमाडौंको चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोला मात्र भएको पाइएको छ । एकाबिहानै चाबहिलमा बम भेटियो भनेर प्रहरीमा खबर पुगेको थियो त्यसलगत्तै राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भएका थिए ।

तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए ।

विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द ९विप्लव० समूहले बम विष्फोट गराउँदा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।

विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकको हत्या गरेपछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह हिंसात्मक बनेको निष्कर्ष निकालेका छन् ।

कमेन्टहरु
Loading...