काठमाडौं । पाकिस्तानमा बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई नपुंसक बनाउने नयाँ कानुन ल्याइएको छ ।
मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायका लागि ल्याइएको उक्त कानुनपछि बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाइनेछ ।
मंगलबार पाकिस्तानका राष्ट्रपतिले सो कानूनमाथि दस्तखत गरेका छन् ।
लाहौर शहर बाहिर एक महिलामाथि भएको सामुहिक बलात्कारको घटनापछि यो कानून ल्याइएको हो ।